दोलखा- दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।
लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिनुभयो ।
तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो । हाल शवपरीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतलामा राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १०:२१