काठमाडौं- आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज हिजो सोमबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।यसअनुसार, आज छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले आज चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैयाँमा भइरहेको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १२:३६