झापा - भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ ।सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको शिवगंज स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्क्षक जिवन राजबशिले बताएका छन् ।
जिल्लाका शिवगंज प्राथमिक स्वास्थ्य केन्द्रपनि यतिबेला डुबानमा परेको छ । गौरिगन्ज, कनकाई माई, रतुवा, मेची, कमल, जस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् उनले भने ।
‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि घर ढुवानमा परेका छन्,’ राजबशिले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’
उनले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे ।
तस्विर: जिवन राजबशि