काठमाडौं- पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका(१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । ती बालिकालाई गद्दिले बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १५:५५