काठमाडाैं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखारहित बैंकिङ सेवा रुकुम जिल्लामा विस्तार गरेको छ ।सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ भुमे गाउँपालिका चुनवाङ रुकुम पुर्वमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हाे ।
बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्व यहि आषाढ १०, गतेबाट ९६ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको जनाएकाे छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्कs (Kiosk), ई.के.वाई.सी.(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।
ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रGb|(Customer Support Centre) को समेत स्थापना गरिसकेको जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ २०:३२