काठमाडौं- आज असार १५ । यो दिनलाई हरेक वर्ष धान दिवसको रुपमा मनाउने सरकारले निर्णय गरेपछि २०६२ सालदेखि निरन्तर मनाइँदै आएको छ ।
यो दिवसको अवसरमा धान रोपाईं गर्ने र दही चिउरा खाने चलन छ । आजभोलि रोपाईंका बेला खाइने दही चिउरासँगै आँप पनि थपिएको छ । दही वैज्ञानिक दृष्टिले स्वास्थ्यवर्ध्यक मानिन्छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
असार १५ मा दही चिउरा खाने परम्परा नेपालमा पुरानो हो । जुनसुकै पेसामा लागेका नेपालीले आजका दिन दही चिउरा खाएर यो पर्व मनाउँछन् ।
सरकारले २०६१ सालमा गरेको मन्त्रिस्तरीय निर्णयले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालिएको हो ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १०:२९