एजेन्सी- सन् २०२२ को अप्रिल महिनामा विवाह गरेका रणवीर कपुर र आलिया भट्टले उनीहरु चाँडै नै आमाबुवा बन्न लागेका घोषणा गरेका छन् ।
यो समाचार उनका फ्यान सबैका लागि मीठो आश्चर्यको रूपमा आयो।
अहिले आलिया भट्ट सुटिङका लागि बेलायतमा रहेको बताइएको छ। रणवीर कपुरले उनलाई फर्काउन बेलायत जाने योजना बनाएको खबर आएको छ ।
कामको व्यस्ताका कारण अनिमुन मनाउन नसकेका आलिया र रणबीर अब भने चाडैँ ब्रेकमा जाने योजना बनाइरहेको जनाइएको छ ।
रणवीर कपुर र आलिया भट्टले छोटो बेबी मुन मनाउने योजना बनाएका छन्। यी दुई स्टारले हनिमुन मनाउन सकेनन् ।
तर उनीहरू मुम्बई फर्कनु अघि छोटो बेबीमुनको लागि युरोप जाने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ ११:२८