काठमाडौं- सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन ।
प्रहरीका अनुसार बलात्कार आरोपमा पक्राउ पर्नेमा वडा नम्बर १ का वडा अध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाअध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ ।
उनीहरु माथि जबरजस्ती करणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए ।
अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ ११:५२