काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छिन् ।
स्रोतका अनुसार बुधबार उनले राजीनामा पत्र मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् ।
केही समयअघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि वली विवादमा तानिएकी थिइन् ।
उक्त विवादपछि उनको राजीनामा मागसमेत गरिएको थियो ।
उक्त घटनाबारे छानविन गर्न लुम्बिनी सरकारले समितिसमेत गठन गरेको थियो । उनी नेकपा माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री भएकी हुन् ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १२:४८