बुटवल- जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन्।
बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको बताए।
बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए।
बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ ११:२४