काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ ३०० रुपैयाँले र चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।
सुनको मूल्य बुधबार तोलामा १०० रुपैयाँले बढेको थियो । मंगलबार तोलामा ९७ हजार ७०० रहेको सुनको मूल्य १०० रुपैयाँले बढ्दै बुधबार तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार तोलामा १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २३५ रुपैयाँ छ । चाँदीको मूल्य हिजो बुधबार पनि घटेको थियो ।
मंगलबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले घट्दै हिजो बुधबार १ हजार २४० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदीको बिक्री मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ ११:५७