एजेन्सी- उत्तर कोरियामा पिठोको मूल्य चर्को ढंगले बृद्धि भइरहेको छ । त्याहाँका धनी मानिसले मात्र पिठो किन्न सक्ने भएका छन् । विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो । उत्तर कोरियामा चामलको तुलनामा पिठोको मूल्य बढेको हो ।
कोभिड संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरियामा धेरै परिवार अज्ञात आन्द्राको रोगको सिकार भएका थिए । रोगविरुद्ध लड्न अधिकतम आपत्कालीन महामारी रोकथाम प्रणालीबीच गत महिना कोरोनाभाइरस संक्रमण देखिएको सरकारले जनाएको थियो । कठोर प्रतिबन्धबीच ४५ लाख जनालाई कोभिड भएको ७३ जनाको मृत्यु भएको थियो ।
आयातित पीठो महँगो भएकाले उत्तर कोरियालीहरूलाई पिठो किन्न गाह्रो भइरहेको विवरणहरूमा जनाइएको छ । सन् २०२० मा कोभिड महामारीले विश्वभर असर गरेका बेला सस्तो रुसी र चिनियाँ पिठोको आयातमा रोक लगाएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ १४:१०