सरकारले हठात् सातै प्रदेश प्रमुख परिवर्तन ग¥यो । प्रतिपक्षी भनिएको कांग्रेसले कर्मकाण्डी विरोध ग¥यो । प्रदेश प्रमुख चुपचाप बिदा भए । अब भयंकरै मान्छे नियुक्त होलान् भन्ने लागिरहेको थियो । सबै नेकपा कार्यकर्ता मात्र ल्याइए । एक महिला बेपत्ता परिवारबाट परिन् । घरपायक प्रदेश नभइदिनु चाहिँ नवनियुक्त प्रमुखहरूलाई परेको अप्ठ्यारो हुन सक्ला । कम्युनिस्ट सत्तासँग सदाशयता राख्ने बुद्धिजीवी, विद्वान्, कलाकार, सामाजिक प्रतिष्ठा प्राप्त व्यक्तिलाई प्रदेश प्रमुखका रूपमा हेर्ने आमचाहना पूरा भएन । आङ्खना पुराना कार्यकर्ता थन्क्याउने गज्जबको ठाउँ पायो सरकारले प्रदेश प्रमुख । योसँगै नेतृत्वसँगको गुनासो पनि हालका प्रदेश प्रमुखसँग नरहला ।
सरकारले मन्त्रिमण्डल पनि हेरफेर ग¥यो । कार्य क्षमतामा उत्तीर्णांक प्राप्त मन्त्री पनि हटाइए भने न्यूनतम् अंक ल्याउन नसक्ने पनि समेटिए । अदालतमा तारिख खेपिरहेका आरोपीलाई मन्त्री पदले पुरस्कृत गरिएको छ । पच्चीस सदस्यीय मन्त्रिमण्डलमा दुई महिला । दुई–तिहाइ सरकारले मात्र आठ प्रतिशतमा महिला प्रतिनिधित्व खुम्च्याइदिएको छ । र, दिवंगत पतिको विरासतका नाममा पत्नीलाई अगाडि सार्न भने छाडेको छैन ।
रवीन्द्र अधिकारीकै बाँकी सपना पूरा गर्न तथा उनकै विरासतको निरन्तरतास्वरूप विद्या भट्टराईलाई नेकपाले चुनावी प्रतिस्पर्धामा उठाएको छ । वाइडबडी काण्डमा मुछिएका स्वर्गीय अधिकारीले आफू निर्दोष रहेको प्रधानमन्त्री केपी ओली र पत्नी विद्यालाई मात्र थाहा भएको कुरा बोलेर गएका छन् । अघिल्ला सरकारको कामको निरन्तरता भनेर मात्र अधिकारी चोखिँदैनन् । उनको सफाइमा त्यति बोलेर मात्र प्रमाणको भार पुग्दैन विद्याजी । स्वर्गीय अधिकारीलाई बेदाग देख्ने रहर हामीलाई पनि छ । उनका सपनाको निरन्तरता होइन, तपाईंले देख्ने अलग सपनाको प्रतीक्षा गरिरहेछ समय ।
देखिने र सुनिने रहर सबैलाई हुन्छ । राजनीतिमा यो सूत्र बढी प्रयोग हुन्छ । तर सत्ता देखिन र सुनिन मात्र चाहँदैन, प्रत्येक राजनीतिले आङ्खनो उपस्थिति देखाएर, आवाज सुनाएर आफूलाई स्थापित गर्न खोज्छ । यसका लागि सबभन्दा असरदार उपाय हिंसात्मक राजनीति रहेको इतिहासले बताउँछ । हाल सत्तामा, सदनमा रहेका अधिकांश दलको पृष्ठभूमिमा कहीँ न कहीँ हिंसा जोडिएको छ । हिंसात्मक राजनीतिको मियो समातेर सत्ताको भ¥याङ उक्लिएपछि भने उसले आफूलाई बुद्ध सम्झन्छ । अझ स्वयं नै साक्षात् बुद्ध बनिदिन्छ र भन्छ– हिंसा गर्ने नागरिक हुँदैन, होइन ।
राजनीति ’स्टन्ट’ गर्दाे छ
‘स्टन्ट’ नगरी नायक कसरी बनिन्छ ? चलचित्रमा नायकलाई नायक बनाउन कति कति ’स्टन्टम्यान’ मुखुण्डो र हेल्मेटभित्र छोपिएका छन् । अरूकै साहसलाई टेकेर नायक बनेकाहरू माया नगरीमा कम छैनन् । यस्ता नायकका सबभन्दा धेरै अनुहार राजनीतिमा स्थापित छन् । राजनीतिमा जति स्टन्ट सायदै कहीँ हुँदो हो ।
परिवर्तन आफैँबाट सुरू गर्ने हो भन्ने सिर्जनशील नारा लिएर राजनीतिमा उदाएका वैकल्पिक शक्ति पनि स्टन्ट खुब मन पराउँछन् । मूलधारका राजनीतिक दलसँग उनीहरूलाई छुट्टयाउने एउटा रेखा भनेकै वैकल्पिक राजनीतिक शक्तिको पृष्ठभूमि हिंसात्मक नहुनु हो । उनीहरू प्रतिबद्ध राजनीतिक सिद्धान्तका आधारमा वा कारणले कोही नागरिकको जीवन संकटमा नपर्नु÷नपारिनु नै मूलधारबाट वैकल्पिक धार छुट्टिने अच्छाखासा वैशिष्ट्य हो । त्योभन्दा पर स्टन्टको मामलामा उनीहरू कम छैनन् ।
देशभर उपनिर्वाचनको लहर छ । संघीय संसद, प्रदेश सभा, नगर प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यलगायत ५० पदमा निर्वाचन हुँदै छ । कास्की क्षेत्र नं. २ को निर्वाचनमा निकै अघिदेखि साझा पार्टीले चुनावी तयारी ग¥यो । स्थानीय मतदातालाई प्रभावित पार्न कांग्रेसी राजनीतिमा भिजेको व्यक्तिलाई उम्मेदवार बनाइयो । चुनावी प्रचारका सुरूवाती दिनमा मकै र भटमास खाएर प्रचार गरेको देखाए पनि अहिले मकैभटमासको चर्चा बन्द छ ।
रजनी केसीमार्फत काठमाडौं क्षेत्र नं. १ को निर्वाचनमा पूरा गर्न नसकेको राजनीतिक अभीष्ट कास्की–२ बाट गर्ने दाउमा छ साझा । भक्तपुर १(क)बाट प्रदेश सभाका लागि साझाका उम्मेदवार सुरज प्रधानले चुनाव जिते प्रदेश सभा सदस्य भएबापत प्राप्त तलब, सुविधा आङ्खनो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन् । प्रधानको यो घोषणाको जोडतोडले चर्चा तथा प्रचार ग¥यो साझाले ।
तर यहाँ साझा बिर्सिरहेको छ, उसकै ब्यानरमा सांसद बनेका व्यक्तिको तलबभत्ता केमा खर्च हुन्छ ? सांसदबाट के कस्ता जनमूखी काम भए? उनीहरूको तलब भत्ता कुन कुन शीर्षकमा समाजका लागि खर्च भएका छन् ? सांसद भएलगत्तै छोरालाई स्वकीय सचिव बनाएकी सांसद शोभा शाक्यमाथि पार्टीले के कस्तो कारबाही ग¥यो ? शाक्यले सांसद भएलगत्तै निजी प्रयोजनका लागि रातो पासपोर्ट लिइहाल्ने तदारुकता अन्य के कस्ता कार्यमा देखाएकी छन् ? राज्य तथा जनताप्रति उनको जवाफदेहिता कस्तो छ ? सार्वजनिक मञ्चमा सुनिने र सम्झिइने गरी उनको आवाज सुनिएको छ कि छैन ?
यसतर्फ सोच्दै नसोची एउटा निर्दोष उम्मेदवारको घोषणालाई भने नारा नै बनाइयो । नेता चढेका पठाओको स्कुटीमा, मन्त्रीबाट बिदा भएर घर फर्किदै गरेका ट्याक्सी, मन्त्री तथा सांसदले चढ्ने मोटरसाइकलरसाइकल समाचार बन्छन् । सानै कुरा ठूलो ’सेलिब्रेसन’ बनिदिन्छ । तर आङ्खना कमजोरी सार्वजनिक गर्न नेतृत्व डराइरहन्छ । राजनीतिमा आत्मालोचना गर्न सक्ने छाती कसैसँग देखिएको छैन । आलोचना पचाउने शक्ति सत्ता त राख्दैन नै, सत्ताइतर दलसँग पनि त्यो क्षमता देखिँदैन ।
साधारण मानिसको असाधारण राजनीति नारा लिएर उपनिर्वाचनमा होमिएको विवेकशील नेपाली दल चुनाव चिह्न गुलाफको फूल पाएसँगै गुलाफ बोकेरै घरघर पुगिरहेछ । उसले पनि थाहा पाउनुपर्छ, गुलाफ बोक्दैमा परिवर्तन सम्भव छैन । विवेकशीलको जनकपुर सम्मेलनले नयाँ नेतृत्व चयन ग¥यो । त्योभन्दा अघि रोल्पाको नीति सम्मेलनले पार्टीको सांगठनिक संरचनामा क्रान्तिकारी रूपान्तरणको उद्घोष ग¥यो । मुख्य ६ पदमा महिलालाई ५० प्रतिशत भनियो । तर देखिने र सुनिने पदमा उसले पनि महिलालाई ठाउँ दिन हिच्किचाएको देखियो । विधानतः सही । संविधानतः सही । नेतृत्वमा महिलालाई ‘उप’मै थान्को लगाउने परिपाटी कहाँ छैन ? कहिले रोकिन्छ ?
यी दुवै वैकल्पिक पार्टी काठमाडौं केन्द्रित राजनीतिबाट केही अगाडि बढ्न खोजिरहेका छन् । राजधानीबाहिर जनतामा वैकल्पिक शक्तिप्रतिको भरोसा कति रहेछ भन्ने हेर्न त नतिजा नै पर्खिनुपर्छ । मिलेर जान नसक्दा उम्किएको काठमाडौं महानगरको नेतृत्व यी दुई दलले सम्झिएका भए यो निर्वाचन पनि फरक हुन्थ्यो कि । नारा लगाइन्जेल र सिद्धान्त पढिन्जेल मीठा सुनिन्छन् । व्यवहारमा ढाल्न सजिलो छैन । अबको पुस्ता राजनीतिलाई व्यवहारमै महसुस गर्न खोजिरहेछ, नारामा होइन । अरूका कमजोरी देखाएर राजनीति गर्ने दिन अब छैनन् । समाधानमूखी राजनीति तथा व्यवहारतः आफैँले प्रयोग गरेर नदेखाए अब कुनै राजनीतिक पार्टीले सिद्धान्त नपढाए हुन्छ ।
हामी कहाँ उत्पादित शैक्षिक जनशक्तिमा एकरूपता छैन । एकैखाले शिक्षा प्रणाली र पाठ्यक्रमको प्रभाव छ । सामुदायिक विद्यालय तथा सरकारी क्याम्पससँग आम जनमानसले भरोसा गर्दैन । महँगिएको शिक्षा आम नेपालीको क्षमताभित्र पर्दैन ।
के वैकल्पिक राजनीतिक शक्ति शिक्षाको गुणस्तर सपार्ने काममा लाग्न सक्छ ? के साझा र विवेकशीलका नेता तथा कार्यकर्ता आङ्खना छोराछोरीलाई सामुदायिक विद्यालय तथा क्याम्पसमा पढाउने हिम्मत गर्न सक्छन् ? परिवर्तन आफैंबाट सुरू गर्ने आँट कत्तिको छ ?
होइन भने ‘अरूभन्दा हामी फरक छौँ’ भनेर भ्रम नछरेको राम्रो । राजनीतिका नाममा कति स्टन्ट मात्रै गरिरहने ? साँच्चै राजनीति गर्ने आँट गर्नुस् महाशय । हेक्का रहोस्, राजनीतिमा अब स्टन्ट बिक्दैन ।