काठमाडौं - प्रमुख वपिक्षी दल नेकपा एमालेले राष्ट्रयि सभामा बजेट आश्रति वधिेयकमाथकिो छलफल बहष्किार गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अनाधकिृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएकोमा सुनुवाइ नभएको भन्दै शुक्रबार एमालेले एमालेले बजेट आश्रति विधेयकमाथिकाे छलफल बहष्किार गरेको हो ।
राजीनामा नदिने भए संसदीय छानवनि समति गठनको माग राखेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले अर्थमन्त्री शर्मालाई प्रतनिधिसिभाबाट पारित भएर आएको सन्देशसहतिको आर्थिक विधेयकमाथि छलफलका गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर वरिोध जनाएकाे हाे ।
अध्यक्ष तिमल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराइ एमाले सांसदहरु बैठक हलबाट बाहरिएका हुन् ।
एमाले सांसदहरुले बैठक बहष्किार गरे पनि अध्यक्ष तिमल्सिनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ ११:४७