काठमाडौं -नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अन्ततः विभाजित भएको छ ।
संगठनकी अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।
असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘अध्यक्ष सिंहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उनले कुनै अनुरोध मान्नु भएन् ।’
अध्यक्ष सिंहले अटेरी गरेपछि आफूहरुले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेको उनको भनाइ छ । उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।
वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशभरीका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दाबी गरे ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ ११:४९