काठमाडौं– तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बधुबारदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।
सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने बुधबारदेखि नै शुरु भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको उद्घाटन खेलमा राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको नेपाली महिला भलिबल टोलीले पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट पनि समान २५–९ ले आङ्खनो पक्षमा पा¥यो । त्यसैगरी तेस्रो तथा अन्तिम सेटमा नेपालले बंगलादेशमाथि २५–११ ले आङ्खनो पक्षमा पा¥यो ।
सागमा महिला भलिबल टोलीको यो चौथो सहभागिता हो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ दक्षिण एशियाली खेलकूद (साग)मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।
त्यस्तै सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौँ सागमा दोस्रो तथा सन् २०१४ मा भारतमा भएको १२ आँै सागमा तेस्रो पटक सहभागिता जनायो । दशौँ र बाह्रौँ सागमा नेपालले कास्य पदक जितेको थियो । दक्षिण एशियामै सधैँ तेस्रो बन्ने महिला भलिबल टोलीले यसपटकको सागमा भने नयाँ इतिहास कायम गर्ने लक्ष्य लिएको छ ।