बेइजिङ- चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ ।
आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्यूडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ ।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिन्जियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।
दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १९, २०७९ १३:०२