रूपन्देही– सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा दायित्व नेपालसँगको सहकार्यमा बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ्गकर्जा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको जनाइएको छ । उक्त कार्यक्रममा ४५ भन्दा बढी साना तथा मझौला व्यवसायीको सहभागीता रहेको जनाइएको छ ।
डिबेन्चरका लागि प्रभु र नबिल