काठमाडौं– प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको ८वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्ग लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । प्रभु बैंक लि. ले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । १ अर्ब २० करोड रूपैया“ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।