काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी पनि स्थिर रहेर प्रतितोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९ ११:३१