काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार १ सय रूपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदी ५ रूपैयाँले बढेर प्रतितोला १ हजार २०५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी स्थिर रहेर प्रतितोला १ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९ १०:५७