काठमाडाैं - नेपाली युवा उद्यमी मञ्चले १८औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ। काठमाडौंको नक्साल स्थित मेरिएट होटलमा नेपाली युवा उद्यमी मञ्च (NYEF) ले १८औं वार्षिक साधारण सभा मुख्य विषयवस्तु “ENHANCEˮमा छलफल गरी सम्पन्न गरेकाे हाे ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त कार्यक्रम उद्घाटन गरेका हुन् ।
निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको मञ्चले जनाएकाे छ । सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्नु लक्ष्य रहेको थियो ।
पुरिष्कृत गर्दै मान्यता सिर्जनामार्फत सदस्यहरुको सन्तुष्टी अभिवृद्धि गरी टीमको बलबाट सन् २०२५ को लक्ष्य प्राप्ति गर्नु रहेको मञ्चले जनाएकाे छ ।
उक्त कार्यक्रम मुख्य अतिथी प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै सो अवसरमा नयाँ राष्ट्रिय परिषदको समेत गठन गरेकाे जनाएकाे छ ।
१. रितेश लामिछाने – अध्यक्ष
२. उदीप श्रेष्ठ – निवर्तमान अध्यक्ष
३. सहारा जोशी – प्रथम उपाध्यक्ष
४. कुशल सुन्दर श्रेष्ठ – द्वितीय उपाध्यक्ष
५. निभिता प्रधान – महिला उपाध्यक्ष
६. सुदिप घिमिरे – कार्यकारी सदस्य
७. ऋचा श्रेष्ठ – कार्यकारी सदस्य
८. कृष्ण सापकोटा – कार्यकारी सदस्य
९. पवित्रा गौतम – कार्यकारी सदस्य
१०. आभुषण ज्योति कंसाकार – कार्यकारी सदस्य
११. पुनित बैद्य – कार्यकारी सदस्य
नयाँ कार्य समितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवद्र्धनमा जोड दिने विश्वास गरिएको छ ।