काठमाडाैं - रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान गरेकाे छ । कम्पनीको केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका बीमाकर्मी दाकिपा शेर्पालाई साहसको प्रशंसा गर्दै रिलायन्स लाइफ इन्स्योरेन्सले सम्मान गरेकाे हाे ।
उनले यही मिति २०७९ साल वैशाख २९ गते बिहान २ : २९ मिनेटमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए ।
दाकिपा शेर्पा पेशाले Climbing गाइड हुन् । उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा नम्बर ०१ हो । उनी Climbing Season मा ट्रेकिङ गाइडको रुपमा काम गर्छन् र off season मा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गर्छन्। कोरोना महामारीको समयमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग उनी जोडिन पुगेका थिए ।
सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उहाँको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ ।
सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिँदै रु ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्धारा उनलाई सम्मान गर्न पाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स गर्व गरेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९ १८:२०