काठमाडाैं - अजोड ईन्स्योरेन्स लिमिटेडले चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तिस) जना दाता व्यक्तिहरुले रक्तदान गरी अजोड ईन्स्योरेन्सले चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हाे ।
सोही अवसरमा ईन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडाैं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबुस्थित हिमालयन बृद्धा आश्रममा आश्रीत ४३ (त्रिचालिस) जना बृद्धाहरुको लागी खाद्यान्न सहयोग गरेकाे जनाएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा साे आश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेकाे ईन्स्योरेन्सले बताएकाे छ ।
सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य चालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कम्पनीका अनुसार व्यवसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्धि लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।
त्यसैगरी कम्पनीले आ.व. २०७८।०७९ को आषाढ २० सम्ममा १,२२,९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्व ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम रु.७१ करोड ५८ लाख भुक्तनी गरिसकेको जनाएकाे छ । कम्पनीको चुक्ता पूँजी रु. १ अर्व भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु.१५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको दाबि गरेकाे छ ।