काठमाडौं - कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोडिङ सकेर परीक्षण सुरु गरेको जानकारी दिएका छन् ।
उनले भने ‘भर्खर कोडिङ सकेर परीक्षण थालिएको छ । कहिले सकिन्छ भनेर अहिले नै भन्न छिटो हुन्छ । जिल्ला जिल्लामा भएका परीक्षण केन्द्रमा परीक्षण भईरहेको उनको भनाई छ ।
सकेसम्म चाँडो नतिजा सार्वजनिक गर्ने नियन्त्रक शर्माले बताए । कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४ लाख १० हजार विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९ १८:५६