काठमाडौं- लमजुङका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।
दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवम् उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष ०७८र०७९ को साउनदेखि २१ असारसम्ममा खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले जानकारी दिइन् ।
थापाका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन् । यसै अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष ०७७७८ मा ९७० नयाँ उद्योग दर्ता भएका थिए भने ३६९ उद्योग नवीकरण भएका थिए ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १४:३७