लन्डन–बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसद्को आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ ।
यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ कन्जरभेटिभ्सले संसद्मा स्पष्ट बहुमत ल्याउने बताएको छ ।
बेलायतमा आगामी डिसेम्बर १२ मा संसद्को चुनाव हुँदैछ । युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का पक्षधर प्रधानमन्त्री जोन्सनले यो चुनाव बेलायतको भविष्यका लागि महत्वपूर्ण रहेको बताउ“दै आउनुभएको छ ।
ब्रेक्जिटका विषयमा यसअघिको संसद्मा सहमति नजुटेपछि विपक्षीसमेतको सहमतिमा संसद्को आमनिर्वाचन हुनलागेको हो ।
बुधबार सार्वजनिक युगभको मतसर्वेक्षणमा यही बिहीबार चुनाब हुने भए कन्जरभेटिभ्सले मुख्य विपक्षी लेबर पार्टीबाट ४४ स्थान खोस्ने र ६८ स्थानसहित बहुमत हासिल गर्ने देखाइएको छ । यसअघि विजयी भएको विपक्षी लेबर पार्टीले कतिपय स्थान गुमाउने देखिएको छ । यी स्थानका मानिस बढी मात्रामा ब्रेक्जिट पक्षधर देखिएका छन्, खासगरी बेलायतका उत्तरी र मध्यक्षेत्रमा । युगभले सन् २०१७ मा भएको पछिल्लो आमनिर्वाचनसमेतमा आफ्नो आ“कलन सही निस्किएको दाबी गरेको छ । युगभका अनुसार यस पटकको चुनावमा सत्तारुढ कन्जरभेटिभ्स पार्टीले ३५९ र मुख्य विपक्षी लेबर पार्टीले २११ स्थान जित्नेछ । लेबर पार्टीले ५९ सिट गुमाउने युगभको सर्वेक्षणले देखाएको छ । (रासस÷एएफपी)