काठमाडाैं - नेपाली महिला फुटबल टोलीका रेनुका नगरकोटी चोटग्रस्त भएकीले मैदान फर्कन कम्तिमा १० साता लाग्ने भएकाे छ ।
अभ्यासको क्रममा टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भुमिका निर्वाह गरेकी रेनुका नगरकोटी चोटग्रस्त भएपछि शल्यक्रिया गरेपश्चात मैदान फर्कन कम्तिमा १० साता लाग्ने भएकाे हाे ।
चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदमा राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउनका लागि अभ्यासको क्रममा उनी चोटग्रस्त भएकी हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनको घाँटीमुनीको हड्डी भाँचिएपछि शल्यक्रिया गरिएको छ। सोमबार बी एन्ड बी अस्पतालम भएको शल्यक्रिया सफल भएको छ।उनी बुधबार अस्पतालबाट डिस्चार्ज हुने एन्फाले जनाएको छ।
पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहेका छन्। तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताए। यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको छ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए। उनले रेनुका घाइते हुनु नेपाली टिमका लागि धक्का भएको समेत बताए।
रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ। २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेका छन्।
तस्विर :राखेप
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १९:२१