काठमाडाैं - अनुप बराल निर्देशित फिल्म ‘दोख’ मा सेन्सर लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दोख’ चलचित्र सेन्सर बोर्डले १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने भन्दै सेन्सर गरेकाे हाे ।
सेन्सर बोर्डले साे फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिँदै सेन्सर पास गराएकाे छ । फिल्मका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गराएका छन् ।
अनुप बराल निर्देशित ‘दोख’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर बनेको हो । राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेकाे छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ २०:०५