काठमाडौं– लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा फिल्म ‘बल्छी धुव्रे’ बन्ने भएको छ । उक्त फिल्मको एक कार्यक्रमबीच शुभमूर्हुत गरिएको छ । मूर्हुतसँगै फिल्म छायाँकन सुरु गरिएको छ ।
फिल्ममा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापति, लालप्रसाद सापकोटा र दिपक भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रूपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छ । केदार मल्लको लेखन तथा निर्देशन, शंकर अधिकारी घायलको गीत, पटकथा तथा सम्वाद र केदार मल्लको संगीत एवं राजेशकुमार श्रेष्ठ, सञ्जय हमालको एरेन्जको गीत फिल्ममा समावेश गरिने भएको छ ।