काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । हिजाे पनि सुनको मूल्यमा प्रतितोला १ हजार ६०० रुपैयाँ गिरावट आएको थियो ।
मंगलबार तोलामा ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो । जुन बुधबार तोलामा १ हजार ६०० रुपैयाँले घटेर कारोबार भएको थियो ।
पछिल्लो २ दिनमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको महासंघले जनाएको छ । यसैबीचमा चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ११:३७