प्रभाव संवाददाता
काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल तीन स्थान तल झरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झरेको हो ।
नया“ वरियता अनुसार नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यस अघि नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छन् । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पा“चौ स्थानमा रहेको छ । यस्तै क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः छैटौं देखि दशौँ स्थानमा रहेको छ ।