काठमाडौं- प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार)’ पेश भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खांणले उक्त प्रतिवेदन सदनमा पेश गरेको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएको थियो ।
पत्रमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री देउवालाई तोकिएको व्यहोरा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १५:१६