काठमाडाैं - कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (KS Digi World) सार्वजनिक गरेको छ । मगंलबार डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्न बैंकले अनलाईन पोर्टल (KS Digi World) दिन केएस डिजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हाे ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ।
बैंकका अनुसार "केइस डिजी वर्ल्ड"मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् ।
साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंककाे भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १९:३६