काठमाडाैं - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि खुल्ला गरेको सेयरमा १५ लाख बढी आवेदकको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङको अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख १८ हजार ५३१ जना आवेदकबाट १ अर्ब ७३ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता सेयरको लागि आवेदन परेको हो ।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर बिक्रीवितरण ल्याएको थियो ।
त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी हुने १८ लाख २० हजार ४७५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ८२ हजार ४७ जनाले मात्रै सेयर पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १९:५०