विराटनगर– ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरे । कार्यक्रममा उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो । यो एटीएमसँगै बैंकको एटीएम १५१ पुगेको छ । बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ प्रतिनिधि कार्यालय मार्फत सेवा दिँदै आएको जनाएको छ ।