काठमाडाैं - सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे छ । सयपत्री हाइड्रोपावर लिमिटेडलेकम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका असार २ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिने कम्पनिले जनाएकाे छ। कम्पनिका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनिले बताएकाे छ।
आईपीओ बिक्री वितरणका लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ ०८:३२