काठमाडौं– साधना लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त कम्पनीमा स्तरोन्नती भएको छ । राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रूपमा १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त लघुवित्तले हालैको राष्ट्र बैंकले गरेको निर्णयसँगै नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त भई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको हो । साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखा नगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्ण वहादुर थापाले बताए । संस्थाको कुलनिक्षेप रु ४० करोड, कुललगानी १ अरव ४५ करोड, शाखा संख्याकुल ४७, सदस्य संख्या ३८,००० रहेको छ । वित्तीय संस्थाको हालको चुक्तापूँजी रु १४ करोड ७० लाख रहेको छ । सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।