काठमाडाैं - प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।
संसद सचिवालयले जनाए अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन’ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले आजै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
आजको संभावित कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।भाको बैठक आज (शुक्रबार) बस्ने भएको छ ।बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
संसद् सचिवालयले जनाए अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन’ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले आजै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
आजको सम्भावित कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।