काठमाडाैं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आइएमई ग्रुप बाहिरीने भएको छ । आइएमई ग्रुपले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गरेर नेपाल इन्स्योरेन्सबाट बाहिरीन लागेको हो ।
आइएमई ग्रुप अन्तर्गत रहेका आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङ्गले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्सको शेयर बिक्री गर्न लागेका हुन् ।
प्रत्येक कम्पनीले आफ्नो नाममा रहेको ७ लाख १९ हजार २०५ कित्ता गरी कुल २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर प्रति कित्ता न्युनतम ३२५ रुपैयाँमा बिक्री गर्न लागेका हुन् ।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागाजपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
बीमा समितिले क्रश होलिङ्ग भएका बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिदै आएको थियो । आइएमई ग्रुपको नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा लगानी रहेको छ ।
नेपाल इनस्योरेन्सबाट आइएमई ग्रुप बाहिरीएर पछि आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर नहुने पक्का भएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १६:०५