काभ्रे - काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्रयाक्टर र थ्रेसर वितरण गरेको छ ।
कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरूपमा उपकरण वितरण गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्रयाक्टर र दुई वटा थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए ।
उनले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकिकरण गर्दै हरेक कृषि कार्यमा व्यावसायीकरण आवश्यक रहेकाले गाउँपालिकाले कृषि औजार वितरण गरेको जानकारी दिए ।
उपाध्यक्ष तामाङले किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको बताए ।
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ ११:४०