काठमाडौं - नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य संख्या भएको पाटन उच्च अदालत बार एसोसिएनको २०औं नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ ।
नेपाल बारलाई समेत टक्कर दिने बारका रूपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी रहेका छन् ।
प्रगतिशील समूहमा नेकपा ९एमाले० र समाजवादी निकट कानून व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातिन्त्रक समूहमा छन् । नयाँ कार्यसमितिमा ५ र १४ गरी १९ सदस्य रहनेछन् । जस्मा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् ।
बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका ५ः१५ सम्म मतदान जारी रहन्छ । आजै साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ ।
उक्त बारमा २ हजार ८२८ मतदाता छन् । दुईवर्षे कार्यकालका लागि उक्त निर्वाचन हुन भएको हो । यसअघि कोभिड(१९ को संक्रमणका कारण नयाँ कार्यसमितिको निर्वाचन हुन केही ढिलाइ भएको थियो । २०७५ भदौ १३ गते अघिल्लो निर्वाचन भएको थियो
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ १२:०२