काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्व।र्यापगायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् । ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु ,’ उनले फेसबुकमा लेखेका छन् ।
यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रूपैयाँ बजेट छुट्याएका थिए ।
उनको उक्त कार्यप्रति चौतर्फी आलोचना भएपछि महानगरपालिकाको बजेट प्रयोग गरि सालिक बनाउने निर्णयबाटपछि हट्दै उनले शनिबार आफ्नै खर्चमा सालिक बनाउने घोषणा गरेका हुन् ।