काठमाडौं- श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् ।
सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।
चर्को आर्थिक संकटका कारण आन्दोल चर्किएपछि श्रीलंकाका राष्ट्रपतिले निवास छाडेका थिए । उक्त निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ ०९:१०