काठमाडाैं - नेपाल पौडी संघको वार्षिक कार्यक्रम पौडीमा २२१ खेलाडीहरुले प्रतिस्पर्धा हुने भएको छ ।
ललितपुरकाे सातदोवाटोमा अन्तराष्ट्रिय खेल परिसरभित्र १० औं एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा २२१ खेलाडीहरुले प्रतिस्पर्धा हुने भएको पाल पौडी संघले जनाएकाे हाे ।
प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्धेश्यले जुनियर विधाका १०वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको छ ।
मित्र राष्ट्र चिनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि छनौट प्रतियोगिता समेत रहेको यस प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको छनोट हुने अध्यक्ष अशोक बज्राचार्यले बताए ।
प्रतियोगिताका दौरान मिति २०७६ मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा अत्याधिक पदक प्राप्त गर्दै ईतिहास रच्न सफल गौरिका सिंहलगायत अन्य पदकधारी खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको आयाेजकले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ १३:१५