काठमाडौं- नेपाली बजारमा आइतबार सुन तोलामा २ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ १३:०९