एजेन्सी- चीनको सांघाइमा अत्याधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।
समाचार एजेन्सी पेजसिक्सका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्याधिक उच्च तापक्रम देखिएको छ ।
आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।
सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ ।
सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १०:२०