काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार २ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ ११:५६