काठमाडौं- सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित लोक दोहोरी गीत सार्बजनिक भएको छ ।
अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको ‘सोझा सिधाको’ बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ ।
राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ ।
सोझा सिधाको बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ्ग, कोरिग्राफी, र म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त देखिएका कलाकार राज तामाङ्ग प्रकाश, आयुष्मा कार्की र दिपा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन पनि उनै प्रतिभावान कलाकार राज तामाङ्ग प्रकाश ले नै गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र समुह साथै सम्पादन मिन रावलले गरेका छन् ।
https://www.youtube.com/watch?v=mtPPNInUOgk
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १३:११