काठमाडौं- गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गरेको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव ई मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १४:०२